Connect with us
Kapilvast Forest

राजपा बैठक बस्दै, महाधिवेशन र एकीकरणबारे छलफल हुने

२०७६, १३ भाद्र शुक्रबारमा प्रकाशित

 

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्न लागेको हो ।

बैठकमा पार्टीको आन्तरिक विवाद, महाधिवेशन र समाजवादी पार्टीसँग एकीकरण लगायतका विषयमा छलफल हुने राजपाले जनाएको छ ।त्यसैगरी आसन्न महाधिवेशन, संसदमा पार्टीको भूमिका, प्रदेश २ सरकार सञ्चालनको समीक्षा, प्रदेशको नामाकरण र राजधानीका विषयमा पनि छलफल हुने पार्टी संयोजक राजकिशोर यादवले जानकारी दिनुभयो ।

राजपाका महामन्त्री केशव झा लगायका केही नेताहरूले राजनीतिक समितिको बैठकको तीव्र विरोध गर्दै आएका छन् ।पार्टीमा विवादको निरुपण नभएमा छुट्टै पार्टी बनाएर अघि बढ्नेसम्मको चेतावनी दिएपछि यसअघिको बैठक स्थगित भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu