Connect with us
Kapilvast Forest

ओभरटेक गर्दा बस दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते

२०७६, १४ भाद्र शनिबारमा प्रकाशित

झापा, १४ भदौ । झापाको कनकाई नगरपालिका जामुनखाडीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १८जना यात्रु घाइते भएका छन् ।

दुर्घटनामा भद्रपुर ९ निवासी २८ बर्षिया सुजन पोखरेलको मृत्यु भएको जिल्ला ट्राफिक कर्यालय झापाका प्रमुख होम अधिकारिले जानकारी दिनु भयो ।

दानाबारीबाट धरान जादै गरेको मे १ ख ७२०४ नम्बरको सिमन यातायातको बसले अर्को बस लाई ओभर टेक गर्ने क्रममा अनियंत्रित भइ मे ११ प ८९७७ नम्बरको स्कुटीलाई ठक्कर दिदाँ स्कुटी चालकको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परेर घाईते भएकाहरुको बिरर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । १८ जना घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस चालक सिराहा गोलबजारका २९ बर्षिय विनोद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu