पर्यटनमन्त्री योगेश भट्टराई बिहानै सुटुक्क देउवा निवास !
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगश भट्टराईले आफ्नो कार्यबारे प्रमुख प्रतिपक्ष दलका नेतालाई ‘ब्रिफिङ’ गर्नुभएको छ ।
उड्ययनमन्त्री मन्त्री भट्टराईले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर मन्त्रालयको कार्य अवस्थाबारे जानकारी गराउनुभएको हो ।मन्त्री भट्टराई पूर्व प्रधानमन्त्री देउवालाई भेट्न शनिबार बिहानै बुढानिलकण्ठ पुग्नु भएको थियो । मन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत पूर्व प्रधानमन्त्री देउवासँग भेटघाट भएको जानकारी गराउनु भएको छ ।
‘पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता माननीय शेरबहादुर देउवासँग आज बिहान उहाँको निवास बुढानीलकण्ठमा भेटघाट गरी मैले सम्हालेको मन्त्रालयका तर्फबाट भइरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको छु’ उहाँले फेसबुकमा उल्लेख गर्नुभएको छ, ‘मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा उहाँले अभिरुचिका साथ सुन्नुका साथै महत्त्वपूर्ण सल्लाह सुझाव दिनु भएको छ । त्यसका लागि म उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’