Connect with us
Kapilvast Forest

रुपन्देहीमा ८ सय ११ जनामा डेंगुको संक्रमण, पछिल्लो २ दिनमा १७३ जना थपिए

२०७६, १० आश्विन शुक्रबारमा प्रकाशित

रुपन्देही जिल्लामा दुई दिनमा १ सय ७३ जनामा डेंगुको संक्रमण देखिएको छ । दुई दिन अघिको तथ्याङ्कमा रुपन्देहीमा डेंगुको संक्रमण हुनेको संख्या ६ सय ३८ रहेकोमा बिहिबार सो संख्या बढेर ८ सय ११ पुगेको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर केदारनाथ शाहले अहिले सम्म रुपन्देहीमा डेंगुको संक्रमण हुनेको संख्या ८११ पुगेको बिवरण प्राप्त भएको बुटवल अनलाईन लाई जानकारी दिए । जिल्लामा सञ्चालित सबै अस्पतालहरुले त्यस बारे नियमित बिबरण उपलब्ध नगराउदा एकिन तथ्याङ्क प्राप्त गर्न समस्या भएको उनले बताए ।

यद्यपी सो बिबरणमा जिल्लाका सबै अस्पतालहरुको एकिन तथ्याङ्क समावेश भएको छैन । सो तथ्याङ्क बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल लगायत जिल्लामा सञ्चालित केही ठुला अस्पतालमा परिक्षण गराएका बिरामिहरुको मात्रै हो । रुपन्देहीमा यस बर्ष पहिलो पटक गत साउन ३१ गते एकै दिन ४ जनामा देखिएको डेंगुको संक्रमण आज सम्म आइपुग्दा ८११ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर शाहले जानकारी दिए ।

जिल्लाका सबै अस्पतालहरुलाई डेंगुको संक्रमण भएका बिरामिहरुको बिबरण स्वास्थ्य कार्यालयमा पठाउन निर्देशन दिए पनि सबै अस्पतालहरुले त्यसको बिवरण नपठाएको शाहले बुटवल अनलाईन लाई बताए । त्यसो त रुपन्देहीमा ठुला र नाम चलेका अस्पतालमा मात्रै नभएर अन्य ल्यावहरुमा गएर परिक्षण गराउने र घरेलु औषधि गरेर घरमै बस्नेहरुको संख्या पनि ठुलै रहेको हुन सक्ने अनुमान छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu