Connect with us
Kapilvast Forest

पोलेको घाउबाट क्यान्सर !

२०७६, १० आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं । बाल्यकालमा आगोले पोलेर बनेको घाउ निको भए पनि वयस्क अवस्थामा त्यही घाउ क्यान्सर हुन सक्ने अनुसन्धानबाट खुलेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्याथोलोजी विभागका चिकित्सक डा. अनील काफ्लेले सानैमा आगोले पोलेर निको भएको घाउ वयस्क वा वृद्ध अवस्थामा पुग्दा सार्कोमेटोइड क्यान्सरका रुपमा देखिएको बताए ।

प्रतिष्ठानको बालरोग विभागले आयोजना गरेको २६ औं स्वास्थ्य विज्ञान सम्मेलनको दोस्रो दिन आफ्नो अनुसन्धानपत्र प्रस्तुत गरेका डा. काफ्लेले यस्तो अनुसन्धान नेपालमा पहिलो पटक भएको जानकारी दिए ।

उनका अनुसार आगाले पोलेर निको भइसकेको घाउ क्यान्सर बन्न सक्ने विषयमा सन् २०१४ मा जापानी चिकित्सक टिमले अनुसन्धान गरेको थियो । यस्तो क्यान्सरबारे अरु कतै पनि अभिलेख छैन ।

तीन महिनाअघि मात्र प्रतिष्ठानमा उपचारका लागि आएका ६७ वर्षीय एक वृद्धको टाउकाको बाहिरी छालामा भएको घाउको प्याथोलोेजी गर्दा सार्कोमाटोइड क्यान्सर भएको पत्ता लागेको थियो ।, कान्तिपुर दैनिकले खबर छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu