Connect with us
Kapilvast Forest

बिहानै वर्षा, दिनभरको मौसम कस्तो छ ?

२०७६, ११ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं । उपत्यका लगायत अन्य ठाउँमा सामान्यदेखि पूर्णतया बदली रही पूर्वदेखि पश्चिमसम्मका केही स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभरी सामान्य बदली रहनेछ। देशका पूर्वदेखि पश्चिम सम्मकै केही– केही स्थानमा मेघ गर्जन–चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका मध्य तथा पूर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

यस्तै, राति देशभरी सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका पूर्वदेखि पश्चिमसम्मकै अधिकांश स्थानमा मेघ गर्जन–चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका पूर्वदेखि पश्चिम सम्मकै थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

देशका केही स्थानमा मेघ गर्जन–चट्टयांग सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा मध्य पूर्वका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । जसका कारणले सडक तथा हवाई यातायातमा अवरोध आउन सक्ने तथा पहाडि भू–भागमा पहिरो जान सक्ने हुनाले सतर्कता अपनाउन विभागको आग्रह छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu