Connect with us
Kapilvast Forest

देशैभर वर्षाको सम्भावना, सतर्क रहन सुझाव

२०७६, ११ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं । आज दिनभर देशैभर माैसम बदली भई वर्षा हुने अनुमान माैसमविद्ले गरेका छन्। साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन उनीहरूले सुझाव दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिनभर देशैभर बदली र वर्षाको सम्भावना छ। साथै पूर्वदेखि पश्चिमसम्मै देशका केही स्थानमा भारी वर्षा हुने मौसमी संकेत रहेको उनले बताइन्।

वर्षाका कारण बाढीपहिरोको खतरा रहेकाले सतर्क रहन उनकाे सुझाव छ।

यसैगरी काठमाडौं उपत्यकासहित मध्य र पश्चिमका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

राति पानी पर्ने क्रम अझ बढ्ने मौसमविद्को अनुमान छ।पानी पार्ने मनसुनी न्यून चापीय रेखा भारतको गुजरात र महाराष्ट्र आसपास रहेकाले नेपालमा पानी परिरहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनको अवस्था हेर्दा यस वर्ष दसैंमा झरी पर्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ।

साविकअनुसार यस वर्षको मनसुनको समय अवधि तीन दिनअघि नै सकिएको छ। तर, मनसुन सक्रिय गराउने न्यून चापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य भने नभएको मौसमविद्ले बताएका छन्।

सामान्यतया नेपालमा जुन १० तारिकमा मनसुन प्रवेश गर्ने र सेप्टेम्बर २३ मा बाहिरिने गर्छ। तर, विगत केही वर्षदेखि मनसुनी गतिविधिमा फेरबदल आइरहेको छ। नेपाल लगायतका देशमा मनसुनी गतिविधि ढिलो सुरु हुने र पछिसम्म कायम रहने क्रम बढ्दै गएको मौसमविद्को भनाइ छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu