जापानमा रोजगारी खुल्यो, एक हजारले मात्रै परीक्षा दिन पाउने
रोजगारीका लागि जापान जाने श्रमिक छनोट गर्नका लागि अनलाइन आवेदन खुल्ला भएको छ। जापान पाउण्डेसनले शुक्रबारदेखि एक हप्ताको समय दिएर अनलाइन आवेदन खुल्ला गरेको हो।
अनलाइन आवेदन दिनेमध्ये एक हजार जना मात्रै भाषा तथा सिप परीक्षाका लागि छनोट हुनेछन्। जापानले एक हजार जनासँग मात्रै परीक्षा लिने भए पनि नेपालमा आवेदन दिनेको संख्या बढी देखिएकाले परीक्षामा सहभागी छनोट गर्न लक्की ड्र गरिने भएको छ।
ड्रको नतिजा असोज २२ गते प्रकाशित गरिनेछ। असोज २४ गते २ हजार ५ सय रुपैयाँका दरले बुुझाएपछि परीक्षामा सहभागी हुने बाटो खुल्नेछ।
जापानले कम्प्युटरमार्फत् नै भाषा तथा सीप परीक्षा सञ्चालन गर्नेछ। पहिलो चरणको परीक्षा कात्तिक १०, ११ र १२ गते, दोश्रो चरणको कात्तिक १९, २०र २१ गते तथा तेश्रो चरणको परीक्षा २६, २७ र २८ गते सञ्चालन हुनेछ।