Connect with us
Kapilvast Forest

ज्ञानेन्द्र शाहीमाथिको आक्रमण पञ्चायती शैलीको झल्को : अशोक राई

२०७६, १२ आश्विन आईतवारमा प्रकाशित

बुटवल । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमणले पञ्चायती शैलीको झल्लो दिएको बताएका छन् ।

आइतबार बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै नेता राईले सो आक्रमणले आफूमाथि पञ्चायतमा भएको आक्रमणको सम्झना गराएको बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना ‘अरिंगाल’हरु नियन्त्रण नगर्न नसके त्यसले लोकतन्त्रमा असर पार्ने चेतावनी समेत दिए ।

भ्रष्टाचार र घुसखोरी वर्तमान सरकारका पालामा बढेको आरोप लगाउँदै उनले यसको न्यूनीकरण नभए जनता निरास भएर सडकमा उत्रिन सक्ने चेतावानी दिए ।

उनले पार्टी सरकारमा रहेको भएपनि सरकारका गलत कार्यको विरोध गर्न आफूहरुलाई कुनै नैतिक संकट नभएको पनि बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu