बस पल्टियो
धादिङ । नेत्रावती डवजोङ गाउँपालिका सेमजोङबाट धादिङबेंसी जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा बसमा सवार पाँच जना घाइते भएका छन्।
बा ४ ख ५७९३ नम्बरको आइतबार बिहान नीलकण्ठ नगरपालिका– १३ केराम्जामा बस पल्टिएको हो । बस अत्यधिक गतिमा रहेको अनियन्त्रित भई सडकबाट अन्दाजी एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
बसका चालक र सहचालक दुर्घटना पछि फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
सात जना यात्रु लिएर आइरहेको बस अत्यधिक गतिमा हुइँकिएपछि दुई जना यात्रु भने दुर्घटनास्थल भन्दा अगाडि नै झरेका थिए ।