Connect with us
Kapilvast Forest

बौद्ध दर्शनको केन्द्र लुम्बिनी बौद्ध विश्वविद्यालय

२०७६, १५ भाद्र आईतवारमा प्रकाशित

नरेश के.सी रुपन्देही भदौं १५ ।

विक्रम सम्बत २०६१ सालमा स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालय राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बौद्ध शिक्षाको पूर्ति गर्न बौद्ध दर्शन, साहित्य, शिक्षा र सस्कृतिको क्षेत्रमा दक्ष, उच्च स्तरीय जनशक्ति उत्पादन गरी त्यसको माध्ययमबाट राष्ट्रिय विकास, विश्व शान्तिमा टेवा पुराउनेका साथै अध्ययन अनुसन्धान मार्फत बौद्ध दर्शन र उच्च शिक्षाको विकास गर्ने लक्ष्य सहित अगाडी बढिरहेको छ । आजभन्दा करिब २६ सय बर्ष अगाडी महामानब बुद्धले ४५ बर्ष सम्म दिएको बुद्धबचनलाई बैज्ञानिक ढंगले शोध, खोज गर्ने त्यसलाई मानवीय समाजको दैनिक जीवनशैलीमा लागु गर्नेगरी उच्च शिक्षा प्रदान गर्नेे लुम्बिनी बौद्ध विश्वविद्यालयले भूमिका खेलेको छ ।
लुम्बिनी बौद्ध विश्व विद्यालय मूलतः बौद्ध धर्म , दर्शनमा आधारित ज्ञान प्रवाह गर्ने विश्वविद्यालय हो । नेपालमा रहेका अन्य विश्वविद्यालय भन्दा यो पृथक छ । यो विश्वविद्यालय बुद्ध जन्मस्थल लुम्बिनीमा स्थापना भई बौद्ध दर्शनको खोज तथा अनुसन्धानको क्षेत्रमा र बौद्ध शिक्षा पठनपाठन गर्दछ ।
विश्वविद्यालयको सेवा अनेकः उद्धेश्य एक

 नरेश के.सी

नरेश के.सी

बौद्ध दर्शनको प्राज्ञिक स्तरलाई अगाडी बढाउन लुम्बिनी बौद्ध विश्वविद्यालयले विभिन्न संकाय मार्फत बौद्ध शिक्षाको प्रसार गरिरहेको छ । बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको प्राज्ञिक र अनुसन्धानमूलक गुणस्तरीय शिक्षा प्रदान गर्दै विश्वविद्यालयलायले जीवन्त र गतिशील प्राज्ञिक केन्द्रका रुपमा विकास गर्ने मुख्य लक्ष्य लिएको लुम्बिनी बौद्ध विश्वविद्यालय नामैले पनि महत्वपुर्ण विश्वविद्यालय हो । विश्वविद्यालयमा बौद्ध अध्ययन अन्र्तगत अप्लाईड, थेराबाद, महायाना सम्प्रदायमा केन्द्रित रहि पठनपाठन हुने गरेको छ । त्यसका अतिरिक्त म्युजियोलोजी, आर्कियोलोजी, टुरिज्जम, सस्कृत भाषा, पालि भाषा, तिवेतियन भाषाको पनि पठनपाठन भईरहेको छ ।

केन्द्रीय क्याम्पस लुम्बिनीमा विद्याबारिधी (पिएचडी) लागी शोधार्थिहरुले शोध गरिरहेका छन् । अहिले सम्म २३ जनाले विद्यार्थिले विद्याबारिधी गरिसकेका छन् । यसैगरी स्नाकोत्तर तहमा अप्लाईड बुद्धिज्म, थेराबाद बुद्धिज्म, महायाना बुद्धिज्मको पठनपाठन भईरहेको छ । यसैगरी स्नातक तहमा बुद्धिज्म एण्ड मानाबिकी, ट्राभल्स एण्ड टुरिज्मको पनि पठनपाठन हुने गरेको छ । यसैगरी ललितपुरमा रहेको लोटस बुद्धिस्ट एकाडेमि कलेजमा अप्लाईड बुद्धिज्म, थेराबाद बुद्धिस्ट एकाडेमी काठमाण्डौंमा थेराबाद बुद्धिज्म, बौद्ध बहुमुखी क्याम्पस, बौद्धमा बुद्धिज्म एण्ड पीस स्टडीजको पठनपाठन भईरहेको छ ।

यसैगरी लुम्बिनी कलेज अफ बुद्धिज्म एण्ड हिमालय स्टडीज काठमाण्डौंमा बुद्धिज्म एण्ड हिमालयन स्टडीजको पढाई हुने गरेको छ । यसैगरी जिरी बुद्धिस्ट कलेज, जिरी दोलखामा बौद्ध अध्ययनको पिजिडी, सुगत बौद्ध महाविद्यालय काठमाण्डौमा महायाना बुद्धिज्मको स्नाकोत्तर तहको पठनपाठन भईरहेको छ । यसैगरी सोवा रिग्पा अन्तराष्ट्रिय कलेज काठमाण्डौंमा स्नातक तहमा सोवा रिग्पा मेडिसीन, लुम्बिनी अन्तराष्ट्रिय एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी क्याम्पस ललितपुरमा डिजास्टर रिस्क ईन्जिीनियरींग म्यानेजमेन्ट र कन्सट्रक्सन इन्जीनियरींग म्यानेजमेन्टको पठनपाठन भईरहेको लुम्बिनी बौद्ध विश्वविद्यालय सभाका सदस्य सचिव समेत रहेका विश्वविद्यालयका रजिस्ट्रार तिलकराम आचर्यले बताए ।
यसैगरी डिन कार्यलय मार्फत पनि विभिन्न ठाउमा विश्वविद्यालयको विभिन्न कार्यक्रम चलिरहेकोछ । विश्वविद्यालयको डिन कार्यलयले विद्यार्थिको माग र आवश्यक्तालाई मध्यनजर गरी कार्यक्रम सञ्चालन गर्न आवश्यक्ता ठानेमा डिन कार्यलयले सोझै कार्यक्रम चलाउने मापदण्ड अनुसार अस्थायी प्रयोजनकोलागी कक्षा सञ्चालन गर्ने व्यवस्था अनुसार बुटवलमा ट्राभल्स एण्ड टुरिज्म र काठमाण्डौंमा आर्कोलोजी एण्ड म्यूजिओलोजीको कक्षाहरु सन्चालन भईरहेका छन् ।

तत्कालकोलागी क्याम्पस स्थापना गर्न सक्ने अवस्था नहुने तर शैक्षिक कार्यक्रमको आवश्यक्ता देखिएको ठाउमा यसरी डिन कार्यलय मार्फत शैक्षिक कार्यक्रम सन्चालन भइरहेको छ । यसैगरी प्रदेश नं ५ सरकारले सञ्चालन गर्नेगरी बुटवलमा बिए एलएलबीको सञ्चालन भएको छ । रजिस्टार आचर्यले लुम्बिनीखबरसंग भने, ‘लुम्बिनी बौद्ध विश्वविद्यालयलाई लुम्बिनी क्षेत्रमा व्यवस्थीत गरेर विभिन्न संकाय मार्फत बौद्ध दर्शनको शोधार्थिकोलागी अन्तराष्ट्रिय स्तरमै महत्वपुर्ण केन्द्रको रुपमा स्थापीत गर्ने योजनामा छौं । ’
सरकार र विश्वविद्यालय व्यवस्थापनले योजना सहित काम गरेमा लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्तराष्टिय स्तरका विश्वविद्यालयको दर्जामा अग्रभागमा स्थापीत गर्न सहजै सकिने प्राध्यापक डा. गितु गिरीको भनाई छ । गिरी भन्छन्, ‘ बुद्धिस्ट वल्र्ड एकस्लेन्ट सेन्टरको रुपमा विकास गर्नेगरी अगाडी बढ्नुपर्दछ । अनलाईन प्रणालीबाट संसारभरी कक्षा लिने व्यवस्था गरेमा अझै प्रभावकारी हुन्छ । ’ प्रा.डा गिरीले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बौद्ध धर्म दर्शनकोलागी संसारकै मुख्य केन्द्रको रुपमा विकासगर्न सबैको सहयोग जरुरी रहेको पनि बताए ।
संसारकै बौद्ध अध्ययनको केन्द्रको रुपमा स्थापीत गराउन भौतिक संरचना, संकाय, दक्ष जनशक्ति व्यवस्थीत गरेर अगाडी बढेमा लुम्बिनी बौद्ध विश्वविद्यालय बुद्धिज्म अध्ययन गर्न चाहनेहरुकोलागी प्रमुख केन्द्रको रुपमा विकास हुने प्राध्यापक रामलाल श्रेष्ठले बताए । उनले भने, ‘गर्नुपर्ने धेरै छ , तर लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध दर्शन र साहित्य अध्ययन अनुसन्धानकोलागी महत्वपुर्ण केन्द्र बन्न सक्छ । ’
लुम्बिनी बौद्ध विश्वविद्यालयले विभिन्न संकाय मार्फत विभिन्न विषयमा पठनपाठन गरेको भएतापनि सबैको मुख्य उद्धेश्य बौद्ध दर्शनको प्रसार गर्नु नै रहेको लुम्बिनी बौद्ध विश्वविद्यालय विद्यार्थि कल्याणकारी परिषदका अध्यक्ष कमल रायमाझीले बताए । उनले भने, ‘लुम्बिनी बौद्ध विश्वविद्यालयले सीमित स्रोत साधनका बाबजुद पनि बौद्ध शिक्षा, साहित्य र धर्म दर्शनको क्षेत्रमा प्राज्ञिक सफलता हासील गरिरहेको छ । यद्यपी दक्ष र प्राज्ञिक जनशक्तिको व्यवस्थापन जरुरी छ तथापी सरकार र विश्वविद्यालय व्यवस्थापनले विश्वविद्यालयको मूल मर्म भित्र रहेर शैक्षिक कार्यक्रम चलाउने, अध्ययन अनुसन्धान गर्ने कार्य भने सबैकोलागी आकर्षक हुने देखिन्छ । ’

बौद्ध शिक्षामा कानून
लुम्बिनी बौद्ध विश्वविद्यालयले यसै शैक्षिकसत्रदेखि स्नातक तहमा कानुन विषय (बिए एलएलबि) पठनपाठन गर्ने भएको छ । विश्वविद्यालयले प्रदेश नं ५ सरकारले सञ्चालन गर्नेगरी यसै शैक्षिक सत्रदेखि बुटवलको कालिका मानव ज्ञान विद्यालयमा उक्त विषय पढाउने तयारि थालेको हो । कानून विषय पठनपाठनको सम्बन्धमा जानकारी दिन विश्वविद्यालयले बुटवलमा समेत पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले भने, “बौद्ध धर्म ज्ञानसंग सम्बन्धित रहेर नै कानुनको पाठ्यक्रम तयार भएको छ । विश्वविद्यालयको अबको यात्रा भनेको बुद्ध , धर्म र संघमा आधारित ज्ञान दिनु नै हो । सो सम्बन्धमा खोज तथा अनुसन्धान गर्नु हो । “ सो अवसरमा प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले वर्तमान आवश्यक्तालाई ध्यान दिदै लुम्बिनी बौद्ध विश्वविद्यालयले कानुन विषय पढाउनेगरि तयारि थाल्नु प्रदेश ५ को लागि खुसिको कुरा भएको बताए । उनले भने , “ प्रदेश भित्रका क्याम्पसहरुमा बौद्ध विश्वविद्यालयले आफ्नो मुख्य उदेश्य भित्र रहेर विभिन्न संकाय सन्चालन गर्नेगरि विश्वविद्यालयले सम्बन्धन दिनुपर्दछ । हामी सहकार्यको लागि तयार छौ । त्यसै अनुरुप बिए एलएलबिकोलागि सहकार्य गरेका हौ । “
पत्रकार सम्मेलनमा विश्वविद्यालयका रजिस्टार तिलकराम आचर्यले विश्वविद्यालयले सेवा विस्तारलाई तिब्रताका साथ अगाडि बढाईरहेको बताए । उनले “ बौद्ध विश्वविद्यालय आफ्नो प्रमुख उदेश्य भित्र नै रहेर विभिन्न संकायमा पठनपाठन गराईरहेको छ । “ विश्वविद्यालयका डिन डा. मणिकरत्न शाक्यले अप्लाईड बुद्धिज्म अन्तरगत बिए एलएलबिको पठनपाठन स्वीकृति दिईएको बताउनुभयो ।

सो अवसरमा बिएएलएलबि को प्रवेशको लागि १२ कक्षामा कानुन पढेका विद्यार्थीले अनलाईन मार्फत यहि भदौ १२ गते सम्म फर्म भर्न सक्ने बताईएकोछ । कार्यक्रम अनुसार १४ गते प्रवेश परीक्षा, १५ गते रिजल्ट , २१ गते ओरियन्टेशन र असोज १ गतेदेखि पठनपाठन गर्नेगरि भर्ना प्रक्रिया शुरु गरेको विश्वविद्यालयले फर्म भर्नेदेखि परीक्षा समेत अनलाईन सिस्टममा , पेपरलेस तरिकाले दिनुपर्नेछ । ५ बर्षको उक्त कोर्ष पूरा गर्न कुल ३ लाख ९७ हजार ६ सय २५ शुल्क लाग्नेछ । ७० जना विद्यार्थी कोटा रहेको बिएएलएलबि महिलाकोलागि ३, आदिबासिजनजातिकोलागि ३, मधिशे समुदायकोलागि २, दलित, अपांग, मुश्लिम, थारु र दुर्गमकोलागि १ र १ जना गरि कुल १३ जना विद्यार्थी सिटसंख्या आरक्षित गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu