Connect with us
Kapilvast Forest

‘स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय’

२०७६, १५ भाद्र आईतवारमा प्रकाशित

काठमाडौं । सरकारले सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्ने तयारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै स्थानीय तहमा सुविधा सम्पन्न सामूदायिक तथा सार्वजनिक पुस्तकालय स्थापना हुने गरी पुस्तक गुरुयोजना तय गरिएको बताउनुभएको छ । पाेखरेलले तय गरिएको गुरुयोजनालाई छिट्टै मन्त्रिपरिषद बैठकबाट पारित गरी कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

१२औं पुस्तकालय दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले पुस्तक नीति तर्जुमा गर्न गठित कार्य दलको प्रतिवेदन कार्यान्वयनमा लैजान सरकार प्रतिवद्ध रहेको प्रष्ट पार्नुभयो । मन्त्री पोखरेलले सरकारले पठन संस्कृतिको विकासका लागि पुस्तकालयको विकास र विस्तार सम्बन्धी नीति लिएको स्मरण गराउनुभयो ।पुस्तकालय सञ्चालनका लागि आवश्यक नीति बनाउने योजनासमेत तय गरिएको पोखरेलको भनाइ थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj