Connect with us
Kapilvast Forest

विश्वकप छनोटका लागि नेपालले कुवेतसँग खेल्दै

२०७६, १९ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौँ, १९ भदौ । फिफा विश्वकप छनोट फुटबलको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज कुवेतसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्दैछ ।

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गतको उद्घाटन खेलमा नेपालले विजयी लक्ष्यका साथ कुवेतविरुद्व मैदानमा उत्रनेछ ।उक्त खेल कुवेतस्थित जाविर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाली समय अनुसार राति १०ः४५ बजे शुरु हुनेछ । विश्वकप छनोटमा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चिनियाँ ताइपे छन् । नेपालले होम एण्ड अवेका आधारमा आफना समूहका चार टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

फिफा वरियतामा नेपाल भन्दा कुवेत चार स्थानमात्र माथि छ । तर नेपालले अहिलेसम्म कुवेतलाई हराउन सकेको छैन । नेपालले गत चैतमा कुवेतविरुद्व दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो खेल नेपालले १–० गोलअन्तरले हारेको थियो । हेड टु हेडको आधारमा हालसम्म खेलिएका ६ खेलमध्ये पाँच खेलको नतिजा कुवेतले आफनो पक्षमा पारेको छ भने बाँकी एक खेल बराबरीमा सकिएको थियो ।

नेपालले सन् १८८२ नोभेम्बरमा भएको एशियन गेम्समा पहिलो पटक कुवेतसँग खेलेको थियो । सो खेलमा नेपाल कुवेतसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो भेट सन् १९८६ को एशियन गेम्समा भएको थियो, त्यतिबेला नेपाल कुवेतसँग ५–० गोल अन्तरले पराजित भयो । त्यसैगरी सन् १९९४ मा भएको एशियन गेम्समा नेपाल कुवेतसँग ८–० गोल अन्तरले पराजित भएको थियो ।

सन् २००० मा भएको एशियन गेममा कुवेतसँग नेपाल ५–० गोल अन्तरले पराजित हुन पुग्यो । त्यस्तै नेपालले गत चैतको पहिलो सातामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कुवेतलाई बराबरीमा रोक्न सफल भएको थियो । यो नै कुवेतविरुद्ध नेपालको राम्रो नतिजा थियो ।
नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् ।

त्यस्तै मिडफिल्डरमा रोहित चन्द, सुनिल वल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, र विशाल राई छन् भने फरवार्डमा विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu