Connect with us
Kapilvast Forest

नेपालको कुवेतसँग फराकिलो हार

२०७६, २० भाद्र शुक्रबारमा प्रकाशित

२० भदौ। फिफा विश्वकप छनोट फुटबलको दोस्रो चरणको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको छ ।

कुवेतस्थित अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा बिहिबार राति १० : ४५ बजे बाट सुरु भएको पहिलो खेलमा पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा पाँच गोल खायो ।

जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा कुवेतलाई जित दिलाउन युसेफ नासिरले दुई गोल गरे । यस्तै अब्दुल्लाह मावी र फहाद अल हाजेरी, बदेर अल मुट्वा, रिडा हानि र हुसेन अल मोसाविले एक एक गोल गरे ।

खेलको छैटौं मिनेटमा नासिरले गोल गर्दै कुवेतलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै १४ औं मिनेटमा दोश्रो गोल, ५१ औं मिनेटमा तेश्रो गोल, ५९ औं मिनेटमा चौथो गोल, ८६ औं मिनेटमा पाचौ गोल खाएको नेपालले त्यसपछि थप गरिएको इन्जुरी समयमा नेपालले थप दुई गोल खायो । इन्जुरी समयको चौंथो मिनेटमा पहिलो गोल गर्दै कुवेतले आफ्नो अग्रता ६-० पुरायो भने इन्जुरी समयकै सातौं मिनेटमा पुन दोश्रो गोल गर्दै कुवेतले ७-० को फराकिलो जित निकालेको हो ।

फिफा वरियतामा नेपालभन्दा कुवेत चार स्थान माथि छ । तर नेपालले अहिलेसम्म कुवेतलाई हराउन सकेको छैन । कुवेतसँगको फराकिलो हारसँगै समूह ‘बी’ को नेपालले विश्वकप छनोटमा खराब सुरुवात गरेको छ ।अब नेपालले भदौ २४ गते ताईपेसँग उसैको मैदानमा खेल्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu