Connect with us
Kapilvast Forest

एटिएमबाट दैनिक झिक्न मिल्ने रकमको सिमा घटाइयो

२०७६, २० भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएम ठगी प्रकरणपछि दैनिक रुपमा झिक्न मिल्ने रकमको सिमा घटाएको छ । गत साता एटिएममार्फत करिब साढे ३ करोड रुपैयाँ ठगी भएपछि दैनिक झिक्न मिल्ने एक लाख रुपैयाँको सिमा, ६० हजार रुपैयाँमा सिमित गरिएको छ ।

शनिबार ह्याकरले एटिएममार्फत ठूलो रकम चोरी गरेपछि केन्द्रीय बैंकले उक्त ठगी प्रकरण अध्ययनका लागि समिति गठन गरेको थियो ।

समितिले सोमबार एटिएमबाट झिक्न मिल्ने रकमको सिमा घटाउन सुझाव दिएपछि राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गरी डेविट कार्ड र क्रेडिट कार्डबाट झिक्न सकिने रकमको सिमा घटाएको हो । कारोबार दैनिकले खबर छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu