Connect with us
Kapilvast Forest

सुस्ताबासीको पीडा : आफ्नै देश सँधै विरानो

२०७६, २२ भाद्र आईतवारमा प्रकाशित

नवलपरासी । पश्चिम नवलपरासीस्थित सीमाक्षेत्र सुस्ताका स्थानीयवासी नारायणी नदीमा पुल नहुँदा समस्यामा परेका छन् ।

वर्षौँदेखि जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता भए पनि सरकारी उदासीनताको कारण उनीहरुलाई देश नै विरानो लाग्न थालेको हो ।

पश्चिम नवलपरासीका सुस्तावासी नारायणी नदीमा पुल नबन्दा डुंगाबाट जोखिमपूण यात्रा गर्न बाध्य छन् ।

सुस्ता गाउँपालिकाको समस्या सरकारको प्राथमिकतामा नपर्दा आफ्नै देश सुस्तावासीका लागि सधै विरानो बन्ने गरेको छ ।

तीनतिरबाट नारायाणी नदी र एकतिर भारतले घेरेको सुस्तामा पुल नबनेकाले नदी अत्याधिक बढ्दा कहिलेकाहीं अरु ठाउँसग सम्पर्कविहीन बन्नुपर्ने अवस्था छ ।

सुस्तावासीका लागि नारायणी नदीमा झोलुङ्गे पुलनिर्माण गर्ने भनिए पनि ठेकेदार कम्पनी सम्पर्कविहीन हुँदा काम अलपत्र परेको स्थानीय लख्खु यादव बताउँछन् ।

साढे एक किलोमिटर लम्बाइ र १ दशमलव ६ मिटर फराकिलो पुल निमार्णका लागि त्रिशूली आश्रय जेभी कन्स्ट्रक्शन कम्पनीले २७ करोड रुपंैयांँमा ठेक्का लिएको हो ।२०७३ साल पुस महिनामा काम सुरु गरेर डेढ वर्षमा सक्नुपर्ने काम अहिलेसम्म १० प्रतिशत पनि भएको छैन् ।

नारायणी नदीमा पुल नहुँदा सुस्ताबासीलाई प्रशासनिक, स्वास्थ्य उपचार र दैनिक कामकाजका लागि पनि भारतीय बाटोहुँदै नेपाल आउनुपर्ने बाध्यता रहेको अर्का स्थानीय मुन्सी गुप्ताको गुनासो छ ।पुल नहँुदा सुस्तामा उत्पादित कृषि उपजले बजार पाएका छैनन् भने बिक्रीका लागि बजार ल्याउन पनि भारतीय बाटो नै प्रयोग गर्नुपर्ने बाध्यता छ ।

आफ्नै देश सधैं विरानो भएको भन्दै सुस्ताबासीले चिन्ता प्रकट गर्ने गरेका छन् ।यस्ता विषयमा सरोकारवाला निकायको मौनताप्रति उनीहरु दिक्दार बनेका छन् । ईमेज समाचारका लागि पश्चिम नवलपरासी ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu