Connect with us
Kapilvast Forest

नयाँ फिल्मबारे साहरुख भन्छन्–‘मैले लेखेपछि मात्र विश्वास गर्नुहोस्’

२०७६, २३ भाद्र सोमबारमा प्रकाशित

बलिउड नायक साहरुख खानको विषयमा धेरै समाचारहरु आइरहेका छन् । उनको नयाँ चलचित्रको विषयमा पनि धेरै गसिपहरु बनिरहेका छन् । राजकुमार हिरानीको चलचित्रदेखि संजयलीला भन्साली र अली अब्बास जफरको चलचित्रमा समेत साहरुखको नाम जोडिएको छ ।

पछिल्लो समय साहरुखले यशराज ब्यानरको नयाँ चलचित्रमा काम गर्न लागेको खबर पक्का भन्दै सार्वजनिक भयो । तर, साहरुखले यसलाई नकारेका छन् । आइतबार आफ्नो अफिसियल ट्विटरमा ट्विट गर्दै साहरुखले आफू अहिलेसम्म कुनै पनि चलचित्रमा अनुबन्धित नभएको बताएका छन् । उनले लेखेका छन्, ‘मैले मेरो अनुपस्थितीमा वा गुप्त रुपमा कति वटा चलचित्र साइन गरिसकेछु, जुन मलाई नै थाहा छैन ।’

साहरुखले आफूले भनेपछि मात्र विश्वास गर्न पनि फ्यानहरुलाई आग्रह गरेका छन् । उनले भनेका छन्–‘म जब यो चलचित्र गर्छु भनेर भन्छु अनी मात्र त्यसलाई पत्याउनु होला । नत्र, अरु सबै हल्ला मात्र हुन् ।’

साहरुख चलचित्र ‘जिरो’को असफलतापछि विश्राममा छन् । बजारमा जे जस्ता चर्चा चलेपनि आफूले कुनै चलचित्रमा काम गर्ने पक्का नगरेको साहरुखले बताएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu