Connect with us
Kapilvast Forest

सन् २०२० हुनेछ अक्षय कुमारको नामः आमिर, सलमान खानलाई दिनेछन् टक्कर

२०७६, २४ भाद्र मंगलवारमा प्रकाशित

बलिउडका खेलाडी भनेर चिनिने अक्षय कुमारले सन् २०१९ लाई आफ्नो नाममा पारेपछि अब सन् २०२० मा पनि धमाकेदार इन्ट्री गर्ने तयारीमाछन् । सन् २०१९ मा मिशन मंगल, केसरीको सफलतापछि बक्स अफिसमा कब्जा जमाउने अक्षय कुमारले सन् २०२० लाई पनि आफ्नो नाममा गर्ने लगभग घोषणा गरेका छन् । यसको ठूलो कारण हो सन् २०२० मा आउने अक्षय कुमारको फिल्म र ती रिलिज हुने मिति ।

अक्षय कुमारका तीन ठूला फिल्म सन् २०२० मा भारतका तीन ठूला चाड, इद, दिवाली र क्रिसमसको मौकामा रिलिज हुँदैछ । यी फिल्मका नाम हुन् – लक्ष्मी बम्ब, बच्चन पाण्डे, पृथ्वीराज । अक्षय कुमारले सबैभन्दा पहिला लक्ष्मी बम्ब फिल्मको घोषणा गर्दै रिलिजको मिति मे २२ बताएका थिए । ईदको मौकामा यो फिल्म रिलिज भइरहेको थियो । त्यसपछि अक्षयले बच्चन पाण्डेको लुक सेयर गर्दै फिल्म क्रिसमसको मौकामा रिलिज हुने जानकारी दिए ।

यी दुई फिल्मपछि अक्षय कुमारले फिल्म पृथ्वीराजको घोषणा आफ्नो जन्मदिनको मौकामा सन् २०२० को दिवाली पनि आफ्नो नाममा बुक गरेका छन् । अक्षय कुमारका यी तीन फिल्म तीन भिन्न विषयमा आधारित छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu