Connect with us
Kapilvast Forest

काठमाडौंमा बिजुली बस, यस्ता छन् सुविधा

२०७६, २३ भाद्र सोमबारमा प्रकाशित

काठमाडौ : सोमबारदेखि विद्युतबाट चल्ने अर्थात् बिजुली बस सञ्चालन हुने भएका छन्।

निजी क्षेत्रको सुन्दर यातायात प्रालिले काठमाडौंका पाँचवटा रुटमा बिजुली बस सञ्चालन गर्न लागेको हो। उक्त यातायात कम्पनीका अनुसार पहिलो रुटमा चक्रपथ परिक्रमा, दोस्रो रुटमा नारायणथान–जावलाखेल–मेडिसिटी अस्पताल, तेस्रो रुटमा गोगंबु–सामाखुसी–गौशला–कोटेश्वर हुँदै भक्तपुरको सल्लाघारीसम्म, चौथो रुटमा ढुंगेअड्डा–कलंकी–त्रिपुरेश्वर–वीरअस्पताल–जमल–कृष्णपाउरोटी–रातोपुल–गौशाला–चावहिल–बौद्ध–जोरपाटी हुँदै अत्तरखेलसम्म र पाँचौं रुट भक्तपुरको सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीरअस्पताल र जमलमा बिजुली बस सञ्चालन हुनेछन्। दिउँसो भृकुटीमण्डपमा विशेष कार्यक्रम गरेर बस सञ्चालन गर्ने तयारी रहेको सुन्दर यातायात सञ्चालन समितिले जनाएको छ।

सुन्दर यातातातका अनुसार बस ४० सिटे र ३५ सिटे गरी दुई प्रकारका छन्। ४० सिटे बसमा अरू ३० जना यात्रुले र ३५ सिटे बसमा अरू २५ यात्रुले उभिएर आरामका साथ यात्रा गर्न सक्ने बताइएको छ।

सुन्दर यातातातका अनुसार बस ४० सिटे र ३५ सिटे गरी दुई प्रकारका छन्। बसमा अगाडि मात्र बस्न र उभिन खोज्ने यात्रुलाई ध्यान दिंदै पछाडिको सिट आकर्षक बनाइएको छ। पछाडिको सिट सिनेमा हलको बाल्कोनीजस्तै बनाइएको कम्पनीले जनाएको छ।

प्रशस्त सीसी क्यामेरा, जीपीएस ट्रयाकिङ, एयरकन्डिसनको सुविधा पनि छ। त्यस्तै उभिने यात्रुका लागि समात्ने ह्याङ्गर नरम र लचकदार छन्। साथै फोहोर व्यवस्थापनका लागि बसको सिटसँगै डस्टबिनको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यात्रुले अत्याधुनिक प्रविधिको कार्ड र ई–पेमेन्टबाटै भाडा तिर्न सक्नेछन्। मोबइलबाट ‘क्यूआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu