Connect with us
Kapilvast Forest

फर्किए विदेशमन्त्री वाङ

२०७६, २४ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी फर्किनुभएको छ । चिनियाँ राष्ट्रपति सी जिङफिङको सम्भावित नेपाल भ्रमणको लागि आइतबार साँझ काठमाडौं आउनु भएका विदेशमन्त्री वाङ मंगलबार फर्किनु भएको हो ।

विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुरेन्द्र यादव र परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले बिदाई गर्नुभएको छ ।

विदेशमन्त्री वाङले ३ दिनको नेपाल बसाईमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपतिसँगको भेटमा दुई मुलुकबीच आपसी हितबारे छलफल भएको छ । प्रधानमन्त्रीसँगको भेटमा विदेशमन्त्री वाङले नेपाल सरकारको अवधारणा समृद्ध नेपाल, सुखी नेपाली कार्यान्वयनमा चीनले सहयोग गर्ने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले नेपाललाई कुनै पनि मुलुकविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता जनाउनु भएको छ ।

विशान्त्री वाङले सोमबार दिउँसो परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग पनि भेटवार्ता गर्नुभएको थियो । मन्त्री ज्ञवाली र विदेशमन्त्री वाङबीच नेपाल–चीनबीच सहगोग सम्झौतामा हस्ताक्षर भएको छ । विदेशमन्त्री वाङले फर्कनु अघि मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटघाट गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu