Connect with us
Kapilvast Forest

मिडिया काउन्सिल विधेयक नसच्याए संसद चल्न दिँदैनौं : सभापति देउवा

२०७६, २४ भाद्र मंगलवारमा प्रकाशित

विराटनगर  । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मिडिया काउन्सिल विधेयक संशोधनका क्रममा भएका कतिपय व्यवस्था नसच्याए संसद चल्न नदिने बताए।

विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसँग कुरा गर्दै सभापति देउवाले ओली सरकारले न्यायलयलाई हस्तक्षेप गरेको, प्रेसलाई हस्तक्षेप गर्न खोजेको, प्रशासनलाई हस्तक्षेप गर्ने काम गरेको बताए। ‘प्रेसलाई रोक्ने कसरत भइरहेको छ। यस विषयमा त तपाइँहरूलाई बढी चिन्ता हुनुपर्ने हो नि त’ पत्रकारलाई इंगित गर्दै देउवाले भने, ‘मिडिया काउन्सिल विधेयक राम्रो हो? दुईतीन लाख दण्ड गर्ने विधेयक थियो। अहिले फेरि लेख्न नपाउने खालको आएको छ। त्यसलाई नसच्याए हामी पार्लियामेन्ट चल्न दिँदैनौं।’

देउवाले वर्तमान कानुनमा रहेको दण्डको व्यवस्था नै ठिक रहेको बताए। उनले ओली सरकार आएदेखि नेपालको सम्पूर्ण कुरा बिगारिरहेको बताए। ‘ओली सरकार आएदेखि सारा बद्मासी गरेको छ। एकलौटी गरेको छ। कम्युनिष्ट सरकार खराब होइन। तर, कम्युनिष्ट स्टेट ल्याउँदैछ’ देउवाले भने, ‘सरकार आएदेखि नेपालका सम्पूर्ण कुरा बिगारेको छ। न्यायालयलाई हस्तक्षेप गर्ने। प्रशासनलाई हस्तक्षेप गर्ने काम गरेको छ।’ देउवाले एनसेलको करका विषयमा सर्वोच्च अदालतले गरेको फैसला आफूले अध्ययन नगरेको बताउँदै न्यायाधीशलाई महाअभियोग लगाउने भन्दा पुनरावलोकनको मुद्दा दिए हुने बताए।

 

‘अदालतले गरेको निर्णय पढ्नुपर्‍यो नि खासमा, मैले अहिले हेरेको छैन। अध्ययन गरेको छैन। महाअभियोग लगाउने भन्ने विषय भन्दा पहिले त के भएको रहेछ बुझ्नु पर्छ’ देउवाले भने,‘पुनरावलोकनको मुद्दा दिए भइगयो नि।’ हिन्दू राष्ट्र चाहिन्छ भन्ने विषयमा पार्टीमा बहस भएको विषयमा उनले कांग्रेसमा सबै खालका मानिस रहेको बताए।

अर्को प्रसंगमा देउवाले संवैधानिक बाध्यता रहेको कारण कांग्रेसको राष्ट्रिय अधिवेशन अगाडि नै अन्तरिम खालका प्रदेशको समिति बन्ने पनि बताए। ‘संवैधानिक बाध्यता रहेको कारण पहिले अन्तरिम हिसावको प्रदेशको समिति बन्छ’, सभापतिले भने।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu