कांग्रेस कपिलवस्तुद्वारा जागरण अभियानको शुभारम्भ
कपिलवस्तु भद्रा २४/
नेपाली काग्रेस क्षेत्र न ३ को ख विजयनगर गांउपालीकाको झुलौनियामा जन जागरण अभियानको भएको छ । विपि कोईरालाको १०६ औ जन्मजयन्तीको अवसरमा १०६ ओटा विरुवा रोपेर जागरण अभियानको सुभारम्भ भएको हो । आज वाट सुरु भएको अभियान असोज ७ गते सम्म विभिन्न कार्यक्रम गरेर संचालन गर्ने काग्रेसले जनाएको छ ।
अभियानलाई नेपाली काग्रेसका महासमीती सदस्य हुमाकान्त खनालले उदघाटन गर्नुभएको थियो प्रमुख अतिथि खनालले विपिको सिदान्त र मर्म अनुसार पार्टि संचालन हुनुपर्ने वताउनुभएको छ । दुई तिहाई कम्नीष्ट नेतृत्वको सरकारवाट जनता आजीत भएकाले जनताको अपेक्षाको मुल्याङकन गर्न नेपाली कांग्रेस अभियान लिएर गांउ गांउमा पुगेको वताउनुभएको छ । कार्यक्रम क्षेत्र न ३ ख का सभापति विनयकुमार गिरीको सभापतित्व , महासमीती सदस्य हुमाकान्त खनालको प्रमुख आतीथ्यता , कृष्णनगर नगरपालीकाका नगर सभापति चुन्ना प्रसाद उपाध्याय , राजेश उपाध्याय , सन्तोष यादवको आतीथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रम अजयमणी त्रिपाटीको संचालन र रफिक महोमद मुसलमानको स्वागतमा सम्पन्न भएको हो । यसैविच क्षेत्र न ३ को क मा समेत जागरण अभियानको सुभारम्भ भएको छ । महराजगंज नगरपालीकाको वुटनियामा नेपाली कांग्रेसका जिल्ला सचिव प्रेम वहादुर रायमाझीले एक कार्यक्रमको उदघाटन गर्नुभएको छ ।
१०६ ओटा विरुवा रोपर अभियानको उदघाटन गरिएको कांग्रेसले जनाएको छ । जागरण अभियानको उदघाटन गर्दै काग्रेस जिल्ला सचिव प्रेम वहादुर रायमाझीले पाटिलाई मजबुत तवरले संचालन गर्नु पर्ने बताउनु भयी । सो कार्यक्रममा पुर्व जिल्ला सचिव विनोद नेपाल , युवा नेता अजय थापा , महाधिवेशन प्रतिनिधि राम ंिशह लगाएतले पार्टिले संचालन गरेको जागरण अभियानको वारेमा वोल्नुभएको थियो । कार्यक्रम सभापति जयन्ती प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको हो ।