Connect with us
Kapilvast Forest

मालपाेतमै एक घण्टाकाे काम सक्न ४ दिन

२०७६, २६ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं । राजधानीबाट बिहीबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले फरक–फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

अन्नपूर्ण पोस्ट् दैनिकमा मालपोतमा एक घण्टाको काम सक्न चार दिन लाग्ने गरेको समाचारले प्रमुख स्थान पाएको छ । पत्रिकामा चाँडो सेवा दिन र भ्रष्टाचार रोक्न भन्दै सरकारले ८० मालपोत कार्यालयलाई अनलाइन सेवा उपल्बध गराएपनि ती कार्यालयका कर्मचारीले नेट नचल्ने र सर्भर बिग्रने जस्ता बहाना देखाएर एकैछिनमा हुने काम ४ दिनसम्म लगाउने गरेको उल्लेख छ ।

यसैगरी, समाचारमा कर्मचारीका बहानाबाजी मात्रै नभइ कमसल इन्टरनेट सेवा, रोकिइरहने विद्युत सेवा, अध्यक्ष प्राविधिक र कमजोर भौतिक संरचनाका कारण मालपोतको सेवामा ढिलाई भइरहेको विश्लेषण छ ।

नागरिक दैनिकले अमेरिकालाई किन चिढ्याउँदैछन् दाहाल शीर्षकमा प्रमुख समाचार छापेको छ । समाचारमा उल्लेख भएअनुसार गत माघमा भेनेजुएलाका राष्ट्रपति निकोलस मुडुरोलाई चुनौती दिँदै प्रतिपक्षी नेता उवान गुवाइडोले आफूलाई अन्तरिम राष्ट्रिपति घोषणा गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कडा आलोचना गरेका थिए ।

जब कि गुवाइडोको पक्षमा अमेरिकाले समर्थन जनाएपछि त्यसको विरोधमा दाहालले विज्ञप्ति जारी गरेका थिए । पत्रिकाले राजनीतिक विश्लेषक विष्णु सापकोटाको अहिलेको परिस्थितिमा भारतलाई मात्र सन्तुलन गराएर सत्तामा पुग्ने अवस्था नरहेकाले चीनसँग पनि सन्तुलन गराउन दाहाल प्रयासरत रहेको विश्लेषणसमेत छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu