Connect with us
Kapilvast Forest

‘दुई ठूला कम्युनिष्ट पार्टीको कारणले मात्रै संविधान निर्माण’

२०७६, २७ भाद्र शुक्रबारमा प्रकाशित

इलाम । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणमा दुई ठूला कम्युनिष्ट पार्टीको कारणले मात्रै संविधान निर्माण सम्भव भएको बताउनु भएको छ ।

नेकपाद्वारा शुक्रबार आयोजित प्रशिक्षणमा अध्यक्ष दाहालले संविधान निर्माणमा तत्कालीन नेकपा (एमालें) र माओवादी केन्द्रको भूमिका महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

‘अहिलेको यो संविधान दुई ठूला कम्युनिष्ट पार्टीको कारणले मात्रै समयमै जारी गर्न सफल भएको हो’ उहाँले भन्नुभयो, ‘संविधान एमाले र माओवादी केन्द्रकै अगुवाईमा निर्माण भएको हो ।’

अध्यक्ष दाहालले एमाले र सक्रियता र माओवादीको लचकताको कारण एकता सम्भव भएको धारणा व्यक्त गर्नुभयो । ‘जनयुद्धकालमा नेकपा एमाले र माओवादीबीच कतिपय तिक्क्रता भएता पनि भित्रभित्रै एकता भइरहेको थियो’ उहाँले भन्नुभयो, पूर्व माओवादीमा पनि धेरै लचकता थियो । त्यसैले एकता सम्भव भएको हो ।’

पूर्व प्रधानमन्त्री दाहालले कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान महत्वपूर्ण रहेको बताउनु भयो । ‘मैले २०२८ सालमा कमरेड पुष्पलाल समूहबाट सदस्यता लिएको हुँ’ उहाँले भन्नुभयो, ‘कमरेड मदन भण्डारीले पनि पुष्पलाल समूहबाटै आउनु भएको हो ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu