Connect with us
Kapilvast Forest

एक ढिक्का भएर अगाडी वढन कार्यकर्तालाई काग्रेस सभापती देउवाको निर्देशन

२०७६, २७ भाद्र शुक्रबारमा प्रकाशित

कृष्ण गैरे ,भाद्र २७ कपिलवस्तु
नेपाली कांग्रेसका सभापति सेरवहादुर देउवाले एक ढिक्का भएर अगाडी वढन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । पार्टिको जनजागरण अभियानमा सरिक भएर जनताका अपेक्षाहरुको सुक्षम तरिकाले अध्ययन गर्न पार्टिका कार्यकर्तालाई आग्रह गर्नुभएको हो ।
कपिलववस्तुको शिवपुरमा कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति देउवाले संगठन सृढिणीकरण तथा विस्तारमा लाग्न समेत कार्यकर्तालाई आग्रह गर्नुभएको छ । पार्टि कार्यक्रममा सरिक हुन दाङ्ग जान लाग्नुभएका सभापति देउवाले शिवपुरमा करिव १५ मिनेट कार्यकर्तालाई समय दिनुभएको थियो । उहांले पार्टिले देशभर जनजागरण अभियान संचालन गरेकाले अभियानवाट नेपाली कांग्रेस प्रति जनताको अपेक्षा र सुझाव संकलन गर्न पार्टिका अगुवा कार्यकर्तालाई आग्रह गर्नुभएको हो ।
कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री दिपक गीरीले जनताले भोगेका समस्या संग नजीक रहेर काम गर्न पार्टिवाट निर्वाचीत जनप्रतिनिधि र कार्यकर्तालाई अनुरोध गर्नुभएको छ । कार्यक्रममा प्रतिनिधी सभा सदस्य अभिषेक प्रताप शाह , प्रदेश सभा सदस्य तथा नेपाली काग्रेस प्रदेश न ५ का संसदीय दलका उपनेता विरेन्द्रकुमार कनौडीया , जिल्ला सभापति सुरेन्द्रराज आर्चाय लगाएत सयौ अगुवा कार्यकर्ताको उपस्थीती रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu