कागे्रंसको जागरण अभियान जारी, दोहनीमा सभा सम्पन्न
कागे्रंसको जागरण अभियान जारी
कपिलवस्तु , भदै २९
नेपाली कागे्रसको दोस्रो जागरण अभियानलाई निरन्तरतादिइएको छ । जस अन्र्तरगत क्षेत्र नं १ को ख मा पर्ने दोहनीमा सभा सम्पन्न गरिएको छ । सभामा प्रमुख अतिथीको रुपमावोल्दै नेपाली कागे्रंसका जिल्ला सचिव महेन्द्र कुमार पाठकले ने कपा प्रति जनता आजित भएकोले कागे्रंस प्रति जनलहर बढेको बताए ।
वुथ सभापति शिवकुमार पाण्डेय र कमलेश शुक्लाको् संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य हरिराज घिमिरे,लललित गुरुग, लोकनाथ शर्मा, क्षेत्रिय सभापति अब्दुलमन्नानखां , प्रदेश क्षेत्रिय सभापति वलिउद्धिन मुसलमान, जिल्ला सदस्य चर्तुभुजमणी त्रिपाठी, रवि काफ्ले,सरिता त्रिपाठी लगायतले बोलेका थिए ।
उता क्षेत्र नं २ को प्रदेश सभा २ मा पनि जागरण कार्यक्रम जारी रहेको छ । यशोधरा गाउंपालिकाको वडा नं १ तिर्तिखीमा सभा सम्पन्न गरिएको छ । सो अवसरमा वोल्दै केन्द्रिय प्रतिनिधी विष्णु कार्कीले बाकें सभापति किरण कोइराला लगायतका कार्यक्रताको सांघतिक आक्रमण र हमला गर्ने विरुद्ध सरकारले तत्काल कारवाही नगरे कागे्रंसले चुप लागेर नबस्ने बताए ।
सो अवसरमा वोल्दै पुर्व पार्टी सभापति सुधाकर पाण्डेयले mवर्तमान नेकपाको सरकार अधिनायकवाद तर्फ लागेको हुदां सो विरुद्ध आम नागरिकले खवरदारी गर्ने बेला आएको बताए । कार्यक्रममा जिल्ला सदस्य माधव पराजुली, ओम प्रकाश गुप्ता, श्यामनारायण उपाध्याय, सरिता त्रिपाढी, जगदिश पाण्डेय लगायत वोलेका थिए । कार्यक्रम नेपाली कागे्र्र क्षेत्र नं २ प्रदेश सभा २ का सभापति गिरिजेश कुमार पाण्डेयको सभापतित्वमा सम्पन्न भएको थियो ।