Connect with us
Kapilvast Forest

आतंक मच्याएर गणतन्त्रलाई धरापमा पार्ने तत्व सक्रिय : अध्यक्ष प्रचण्ड

२०७६, ३० भाद्र सोमबारमा प्रकाशित

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अराजकताको आतंक मच्याएर गणतन्त्रलाई धरापमा पार्ने तत्व सक्रिय रहेको बताएका छन्।

तत्कालीन माओवादी नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति दिवसको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले हज्जारौं जनताको बलिदानीबाट ल्याइएको गणतन्त्र कलिलै अवस्थामा रहेको र यसलाई निमोठ्न अराजक तत्वहरु सक्रिय रहेको जनाएका छन्।

अध्यक्ष प्रचण्डले त्यसका लागि सतर्क र सचेत भएर प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन समेत दिए। उनले भने, ‘हजारौँ छोराछोरीले ल्याएको परिवर्तनको रक्षाा गरेर समाजवादको सपना पूरा गर्नका लागि भूमिका खेल्न जरुरी छ।

तमाम युवा साथीहरुलाई, विद्यार्थीहरुलाई म अपिल गर्न चाहन्छु, अराजक तत्वले जनतामा भ्रम सृजना गर्ने, हत्केलाले सूर्य छेक्ने प्रयास गरिरहेका छन् त्यसको प्रतिवाद गर्नुहोस्।’ त्यस्तै अध्यक्ष प्रचण्डले थपे ‘अहिलेको राज्य प्रणाली कलिलो बच्चा जस्तै छ। यो सिस्टम परिपक्क भइसकेको छैन, विरोधीहरु कलिलोमा नै निमोठ्न सकिन्छ कि, मार्न सकिन्छ कि भनेर छटपटिएको हामी देख्छौँ‘ यसबाट सचेत बनौँ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu