Connect with us
Kapilvast Forest

भृकृटीमण्डपमा बुधबारबाट ‘स्टक क्लियरेन्स’ मेला

२०७६, ३१ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौ ।  हिन्दुहरुको महानचार्ड दशै, तिहार र छठ पर्वलाई केन्द्रमा राखेर आगामी असोज १ गतेदेखि काठमाडौँमा ‘स्टक क्लियरेन्स’ मेलाको आयोजना हुने भएको छ।

आयोजक संस्था इभेन्ट सोलसुनले मेलाको सबै तयारी पूरा भइसकेको जानकारी दिएको छ। चाडपर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामान खरीद गर्न सक्नेगरी मेला आयोजना गर्न लागिएको हो।

‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुने संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले जानकारी दिए।

मेलामा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन उपलब्ध हुनेछ। घरायसी प्रयोजनका सम्पूर्ण सामग्री, छालाका उत्पादन, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्सलगायत सामग्रीका सयभन्दा बढी प्रर्दशनी कक्ष रहने छन्।

स्टक क्लियरेन्स मेलासँगै अलग्गै प्रदर्शनीस्थलमा नेपालमा उत्पादित धागो तथा कपडाको एक्स्पो असोज २ गतेदेखि सञ्चालन हुनेछ। नेपाल यार्न एण्ड टेक्सटायल एक्स्पो २०१९ लाई नेपाल धागो उत्पादक संघले आयोजना गरेको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu