काठमाडौं । लमजुङ केन्द्रबिन्दु भएर मंगलबार विहान ४ दशमलव ५ म्याग्नेच्यूटको भूकम्प गएको छ।
विहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यो नयाँ भूकम्प नभई २०७२ सालमा गएको भूकम्पको पराकम्प भएको मापन केन्द्रले जनाएको छ ।