Connect with us
Kapilvast Forest

स्वास्थ्य मन्त्री एक वर्षमा २५ पटक विदेश भ्रमणमा

२०७६, १ आश्विन बुधबारमा प्रकाशित

काठमाडौं । देशभर डेंगी फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए ।

दुई साताअघि भारत गएका उनले ६ दिन उतै बिताए । अस्पतालहरूमा अहिले डेंगीसँगै स्क्रबटाइफस लगायतका बिरामीको चाप बढिरहेको छ । तर स्वास्थ्य मन्त्री यादव भने फेरि विदेश सयरमा जान लागेका छन् । त्यो पनि दुई साताका लागि ।

देश डेंगी र इक्रबटाइफस, जिका र चिकनगुनियाको उच्च जोखिममा परेका बेला त्यसलाई बेवास्ता गर्दै स्वास्थ्यमन्त्री यादव बुधबार १४ दिनका लागि अमेरिका भ्रमणमा जाने तय भएको छ ।

उनलाई देशमा फैलिएका विभिन्न रोगबाट नागरिकको स्वास्थ्य जोखिमका परेकाप्रति कुनै प्रवाह नरहेको र केवल विदेश सयरमा मात्र ध्यान रहेको मन्त्रालयका उच्च अधिकारीको गुनासो छ ।

नागरिक दैनिकबाट

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu