सरकारका कारण जनतामा निराशा ः नेता अचार्य
शम्भू शैनी कपिलबस्तु असोज १,
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका कपिलबस्तुका सभापति नेता सुरेन्द्र राज आर्चायले संविधानको अक्षरसः पालना गराउन सरकारलाई हरपल खवरदारी गर्न सबैलाई आह्वान गरेका छन् । मंगलबार पूर्वसिंचाई मन्त्री समेत रहेका आर्चायले यही व्यवस्थामा जनताले चाहेको आर्थिक–सामाजिक न्यायसहितको सामाजिक रुपान्तरणको अभियानलाई साकार पार्न पनि सरकारलाई सचेत गराउनुपर्ने अवस्था रहेको जगारण अभियानमा उने बताएका हुन् । सरकारका कारण जनता निराश भएका छन ।
नेपाली कांग्रेसका पुर्ब सभापती नेता सुधाकर पाण्डंयले सरकारकै कारण देशमा भ्रष्टाचार बढेको छ । सरकारको अलोकप्रिय कदमकै कारण नागरिकको भरोसा गुमाउँदै गएको दाबी गरे सरकारकै कारण दिनदिनै ठुल्¬¬¬¬¬ठूला भ्रष्टाचारका घटना बाहिर आइरहेका छन, अब नेपाली कांग्रेसले गाँउ गाँउ स्थानिय स्तरबाट सरकार नागों पार्ने बताए । पाटी«का नेताका चरित्रका कारणबाट पाटी«लाई ठुलो नोक्सानी भएको छ । जब सम्म स्थानिय स्तरबाट ईमानदार र एक ढिक्का भएर अगाडी नबढे सम्म पाटी« बलियो नहुने बिश्वास ब्यक्त गरे ।
नेपाल महिला संघकी जिल्ला अध्यक्ष मिना थारुले महिलाको सम्मान अवसर रोजगार नेपाली कांग्रेस बाहेक कसै गर्न नसकिने बताईन ।
नेपाली कांग्रेसका पुर्ब राजदुत नेता दिप कुमार उपाध्यायले यो सरकारप्रति नागरिकहरुको विश्वास गुम्दै जानु मुलुक, लोकतन्त्र र स्वयं राजनीतिक दलका लागि सोचनीय विषय भएको उनको बताए । यसको परिणाम दुभाग्यपूर्ण हुने भन्दै उनले सतर्क रहन नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे ।
नवलपारी नेपाली कांग्रेस ट्रेड युनियनका अयोध्या प्रसाद यादवले पछिल्लो समय जनसरोकारका विषयमा कांग्रेस खरो उत्रन नसकेको भन्दै आलोचना भइरहेको यने स्वीकार गरे । तर, नेता यादवले जनसरोकारका विषयमा मौन नबसेको दाबी गरे ।
। साथै केन्द्रीय प्रतिनिधि नेता बिष्णु कुमार कार्की जनता निरास बन्नु पर्ने कुनै कारण छैन । टोल टोलबाट यो सरकारको कार्य शैली प्रति टोल टोलमै बहस गर्नु पर्छ । नेपाली कांग्रेस भनेको गरिब, किसान, मजदुर नेपाली जनताको पाट्री हो कुनै गुट होईना रुख हो ।
त्यसै क्रममा जागरण अभियानमा नेपाली कांग्रेस प्रदेश क्षेत्रीय कार्य समिति संसदिय क्षेत्र नं. २ (ख) को अध्यक्ष गिरजेश कुमार पाण्डेंयको अध्यक्षतामा यशोधरा गाँउ पालिका बैदौलीको पशुपति शिक्ष मन्दिरमा समपन्न भएको छ । कार्यक्रममा अगुवा कार्यकर्ता ग्रास रुटबाट पाट्रीको सुध्रिकरण गर्नु पर्ने पाण्डेंयले बताए । जागरण अभियान वडास्तरीय अन्तरक्रिया, स्थानीय तहको दुई वर्षे समीक्षा लगायतका कार्यक्रम हुने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस पाट्रीका केन्द्रिय प्रतिनिधि बिष्णु कुमार कार्की, पाट्री सभापती सुरेन्द्र राज आर्चय, पुर्ब पाट्री सभापति सुधाकर पाण्डेंय,नेपाली कांग्रेसका नेता दिप कुमार उपाध्याय, महेन्द्र पाठक,बिमला गैरे ,जवाहर लाल चौधरी, राबिन्द्र नाथ ठाकुर, नेपाल प्रेस युनियनका शम्भू शैनी, दिनेश हमाल, दिनेश पाण्डेंय र बुथ ईकाई सभापतीहरु र सो कार्यक्रममा १ सय बढी कार्यकर्ताको उपस्थिती रहेको थियो । सो कार्यक्रममा हरिश चन्द पाठक, मानुल्लहा मुसलमान,प्रेम लता भटट् प्रमात्मा पाठक र शम्भू शैनीले आफनो बिचार ब्यक्त गरेका थिए । कार्यक्रममा संचालन माधव पराजुलीले गरेका थिए । जागरण अभियानमा उत्साहपूर्वक समपन्न भएको थियो ।