Connect with us
Kapilvast Forest

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने नेपाल एयरलाइन्सको घोषणा

२०७६, १ आश्विन बुधबारमा प्रकाशित

Nepal-Airline

काठमाडौं । नेपाल वायुसेवा निगमले ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत भाडा छुट दिने भएको छ।

नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले न्युज सेन्टरलाई जानकारी दिए ।

देशका सम्मानित ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडामा छुट दिनुलाई निगमले कर्तव्यका रुपमा लिएको निगमले जनाएकोछ ।

यसैबीच, दशैँको अग्रिम टिकट बुकिङ पनि निगमले खुल्ला गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj