Connect with us
Kapilvast Forest

सिंहदरबारमा पाँच अर्बको संघीय संसद भवन, प्रधानमन्त्रीले गरे शिलान्यास

२०७६, १ आश्विन बुधबारमा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद भवनको शिलान्यास गरेका छन्।

बुधबार सिंहदरबार परिसरभित्रै निर्माण हुन लागेको संसद भवनको प्रधानमन्त्री ओलीले शिलन्यास गरेका हुन्।

सरकारले देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारस्थित पुतली बगैंचामा संसद्को आफ्नै भवन निर्माण गर्न लागेको हो।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार ५ अर्ब २६ करोड लागतमा साे भवन निर्माण गर्न लागिएको हाे।