डेंगुबाट युवकको मृत्यु
सल्यान । जिल्लाका एक युवकको डेंगुका कारण मृत्यु भएको छ । बनगाडकुपिण्डे नगरपालिकाका २१ वर्षीय नोखिराम नेपालीको डेंगुले मृत्यु भएको हो ।
नोखिराम राजकोटमा मजदुर गर्दै आएका थिए । उनको डेंगुको शुक्रवार भारतमै मृत्यु भएको आफन्तले बताएका छन् । आर्थिक अवस्था कमजोर रहेका नोखिराम रोजगारीको लागि ५ महिनाअघि भारत गएका हुन् ।
भारत उनी होटलमा कार्यरत थिए । उनको घरमा पत्नी र २ वर्षीया छोरी छन् । नोखिरामको शव नेपाल ल्याउने तयारी भइरहेको आफन्तले जानकारी दिएका छन् ।