शितगंगा नगरपालिकामा मासुमा अनुदान
- अराज बेल्वासे आर्घाखाची असोज ५,
शितगंगा नगरपालिकाको वडा नम्बर ३ र ४ मा बार्षिक समिक्षा सम्पन्न भएको छ । नगर प्रमुख सुर्य प्रसाद अधिकारी उपमेयर टिका रेस्मी लगायत वडा अध्यक्षहरुको सहभागितामा भएको बार्षिक समिक्षामा स्थानियहरुले बिकास निमार्ण लगाएतका काम सन्तोष जनक भएकोभन्दै अझ आगामी बर्ष यस्तै काम होस भन्दै वडा अध्यक्षहरुको अथक मेहनतको प्रशंसा गरे ।
करिव २०० जनाको उपस्थित रहेको समिक्षा कार्यक्रममा स्थानियहरुले बिकास निमार्ण को काम हरेक क्षेत्रका समानान्तर रुपमा गर्न सुझाव दिए । कृषिजन्य उत्पादनमा दिने अनुदान अन्र्तगत वडा नम्बर ३ मा खशीबाका तथा लोकल कुखुरा बार्षिक १०० केजी भन्दा बढी बिक्री गर्ने २५ जना किशान लाई प्रति केजी ५०का दरले अनुदान रकम प्रदान गरिएको वडा अध्यक्ष हेमनाथ भुसालले जानकारी दिनुभयो .
यस्तै नगरपालिकाले बार्षिक १०० किलो भन्दा बढी मासु जन्य खशी बोका बितरण गर्नेहरुलाइ प्रति केजी ५० रुपियादरले अनुदान दिने घोषण गरे सँगै वडा४ ले पनि सहकारी मार्फत प्रत्येक किसानहरुलाई १०० केजी भन्दा बढी बेच्ने ३५ जना किसानहरुलाइ प्रतिकेजी ५० का दरले अनुदान प्रदान गरेको वडा अध्यक्ष दामोदर अधिकारीले जानकारी दिनु भयो र शितगंगा नगरपालिकाका मेयर सुर्य प्रसाद अधिकारी ,उपमेयर टिका रेस्मी वडा अध्यक्ष हेमनाथ भुसाल, दामोदर अधिकारी लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो ।
नगरपालिकाले दुध तथा मासु बिक्रीमा किसानहरुलाई सम्र्पुण नगरपालिकाका १०० केजी भन्दा बढी बिक्री गर्ने लाई प्रतिकेजी ५० रुपियाका दरले अनुदान दिँदै आएको छ ।