Connect with us
Kapilvast Forest

प्रहरीमा किन चाहिन्छ घुमुवा ?

२०७६, ५ आश्विन आईतवारमा प्रकाशित

  • कपिलवस्तु ५ असोज 

कपिलवस्तु आफै सुरक्षामा संवेदनशील जिल्ला हो । भारतीय खुला सीमाना, दुई ठूला र ४ साना भन्सार नाका, पटक–पटक हुने साम्प्रदायिक घटना, सीमा अपराधले यसको पुष्टि हुन्छ । यत्तिले मात्र नभई सीमा सुरक्षा, अवैध हतियारको ओसार पसार, लागू औषध ओसारपसार, महिला बेच विखनको ट्रान्जिट कपिलवस्तुका थप सुरक्षा चुनौती हुन् ।

सरकारद्धारा प्रतिबन्धित पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)को घर रहेको यहाँ उनीहरुको गतिविधि देखि नदीजन्य पर्दाथ चोरी सम्मका सुरक्षा चुनौतिको चाङ् अहिले कपिलवस्तु प्रहरीलाई छ । यसलाई नियन्त्रण गर्नका लागि प्रहरीले जिल्लाका सबै ठाउँमा सादा पोशाकका प्रहरी (जसलाई स्थानीय भाषामा घुमुवा प्रहरी भन्निछ) खटाएको छ ।

जिल्लाले उनीहरुलाई गोप्य सूचना संकलन गरेर अपराध नियन्त्रण गर्ने उद्देश्यले राखेको हो । तर, पछिल्ला वर्षहरूमा उनीहरु जिम्मेवारी छाडेर महिनावारी असुलीमा सक्रिय देखिएका छन् । विगत १ महिना यता शान्ति सुरक्षाको खस्कदो स्थिति र बढ्दो तस्करीले पनि घुमुवा प्रहरीको कार्य क्षमता माथि प्रश्न खडा भएको छ । कपिलवस्तु प्रहरीले जिल्ला सदरमुकाम तथा ईलाका प्रहरी, सीमा प्रहरी चौकीमा गरि १९ जना घुमुवा प्रहरी परिचालन गर्दै आएको छ ।

जिल्ला र ईलाकाका हाकिम फेरिएपनि घुमुवा भने फेरिदैनन् । संगठनमा २ देखि ३ बर्षमा सरुवा हुने गर्दछन् । तर सिस्टम बाटै हाकिमका विश्वासिला पात्र बनिसकेका घुमुवाको भने ७ बर्ष सम्म जिल्ला भित्रै बस्ने गरेका छन् । जिल्लाको घुमुवाको नाइके हुन् प्रहरी नायब निरिक्षक शान्तराम प्रसाई ।

विगत ७ बर्ष देखि कपिलवस्तु भित्रै बसेका उनी कहिले कृष्णनगर लिंक गेट, वडा प्रहरी कार्यालय भने कहिले घुमुवाको जिल्ला इन्चार्ज भई यहि अड्डा कसेर बसेका छन् । उनी जस्तै अधिकांश घुमुवा प्रहरी जिल्लामा आएको ५ बर्ष बढि भइसकेको प्रहरी श्रोतकै दाबी छ । सुचना दिने घुमुवा प्रहरीको जम्बो टिम जिल्ला संग हुदा हुदै पनि राजस्व अनुसन्धानको टोलीले कपिलवस्तुमा आई तस्कर पक्राउ गर्छ । नेपाली सीमा क्षेत्रबाट तस्करी भई गएका वस्तुहरु सीमा क्षेत्रकै भारतीय एसएबीले दैनिक रुपमा तस्कर सहित माल पक्राउ गर्छ ।

दैनिक सयौको संख्यामा खसिबोका र जंगली सिसौ भारतबाट नेपाल भित्रन्छन् तर सुचना लिनका लागि जिल्लाभर खटाइएका घुमुवा प्रहरीले भने केहि थाहा पाउदैनन् । प्रहरी श्रोतका अनुसार एक महिना यता कपिलवस्तुमा मौलाएको तस्करीमा घुमुवा प्रहरीको सबै भन्दा बढि भूमिका देखिएको छ ।

बुद्ध दर्पण पत्रिकाको टोली शनिबार जिल्लाका विभिन्न सीमा क्षेत्रमा गई बुझ्दा माथिल्लो निकाय संग सेटिङ्ग मिलाउने देखि लिएर महिनाबारी रकम संकलन गर्ने काम घुमुवा प्रहरीले गर्ने स्थानीय व्यापारीहरु दाबी गर्छन् । तस्करी बढेदेखि नेपाली बजारका अधिकांश व्यापार चौपट भएको व्यापारीहरुको गुनासो छ ।सुरक्षा व्यवस्था सुदृढ पार्न र अपराध नियन्त्रणका लागि प्रहरीले घुमुवा नै राख्नुपर्छ भन्ने मान्यता नरहेको पूर्व प्रहरी अधिकारीहरु बताउछन् । अहिले जिल्लामा अनुसन्धान कार्यालय तथा त्यसमा कार्यरत प्रहरी अधिकारीहरु तथा सीमामा खटिएका शशस्त्र प्रहरी निकाय संग समन्वय गरि संग सूचना सहकार्य गरे त्यसको माग पूर्ति हुने उनीहरुको तर्क छ ।

कहाँ कुन घुमुवा ?

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले प्रहरी नयाब निरिक्षक शान्तराम प्रसाईको नेतृत्वमा २ जना प्रहरी हवल्दार सहित ६ जना घुमुवा परिचालित छन् । हवल्दार चेत बहादुर थापा, राधेश्याम कोहाँर, प्रहरी जवान मनोज हरिजन, नरेश कुर्मी, प्रमोद यादव तौलिहवाका साथै जिल्ला भरी घुम्छन् । यसै गरि गोरुसिंगे इप्रका क्षेत्रमा सुरेन्द्र रजक, पिपरामा विशाल गुरुङ्ग, र मर्यादपुर विक्रम चन्द घुमुवा प्रहरी छन् ।

चाकरचौडा घनश्याम यादव, कृष्णनगरमा हवल्दार त्रिभुवन मल्लाह, जवान सन्तराम चौधरी, चन्द्रौटामा  राजेन्द्र केसी छन् । गणेशपुरमा सुरेन्द्र पासी, बहादुरगंजमा लक्ष्मण यादव तथा पकडीमा हवल्दार बुद्धिसागर पाण्डे र जवान इन्द्रनाथ धवल र महाराजगंजमा १ जना घुमुवा प्रहरी कार्यरत छन् । copy- presspati

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu