Connect with us
Kapilvast Forest

यौन प्रस्ताव अस्वीकार गर्दा बालिकाको घाँटी अँठ्याएर हत्या

२०७६, ६ आश्विन सोमबारमा प्रकाशित

rape
सिन्धुली । मरिण गाउँपालिकामा युवकको यौन प्रस्ताव अस्वीकार गर्दा एक बालिकाको हत्या भएको छ । वडा नम्बर १ आहालेकी १३ वर्षीया छलीमाया मोक्तानलाई १५ वर्षीय युवकले यौन प्रस्ताव नमान्दा घाँटी अँठ्याएर हत्या गरेका हुन् ।

युवकलाई प्रहरीले पक्राउ गरेको छ । उनले बालिकासँग एक घण्टा गफ गरेको र यौन प्रस्ताव नमान्दा हत्या गरेको बयान दिएको जिल्ला प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।

काठमाडौंको होटलमा मजदुरको रुपमा कार्यरत ती युवकले बालिकासँग यसअघि पनि यौन सम्बन्ध राखेको बयानको क्रममा खुलेकाे प्रहरीले जनाएको छ । राजधानी दैनिकमा प्रकाशित छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu