Connect with us
Kapilvast Forest

अवैध रुपमा राजधानी ल्याउन लागिएको ५५ थान मोबाइल बरामद

२०७६, ६ आश्विन सोमबारमा प्रकाशित

भारतबाट भन्सार छली ल्याएको ५५ थान मोबाइल प्रहरीले बरामद गरेको छ । महिन्द्राको गाडीमा फल्सबटम बनाई अवैध रुपमा राजधानी भित्र्याउन लागेको मोबाइल प्रहरीले बरामद गरेको हो ।

आइतवार राति थानकोट बलम्बुबाट काठमाडौँतर्फ आइरहेको बि एल १२ सि ए १४५८ नम्बरको भारतीय गाडीमा राजस्व छलेर ल्याएको ५५ थान मोबाइल महानगरीय प्रहरी प्रभाग बलम्वुले बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी उत्तमराज सुवेदी

भारतबाट आउने अवैध साम्रागी नियन्त्रण गर्ने रणनीति बमोजिम सुरक्षा व्यवस्था कडा पारिएको उनले जानकारी दिए ।

एसएसपी सुवेदीले भने, ‘दशैंतिहार छठमा हुने चोरी पैठारी नियन्त्रण तथा पटकालगायत संवेदशील वस्तुहरु भित्रने हुँदा नागढुङ्गाको मुख्य नाकामा कडाई गरेका छौं ।’

महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख शंकर खड्काका अनुसार मोबाइलसँगै २ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिपक महाजान र मोहम्मद चाद रहेका छन् ।

बरामद मोबाइलहरु आइफोन, सामसुङ, एमआइ, हुवावे लगायत कम्पनीका रहेका छन् । जसको अनुमानित बजार मूल्य १३ लाखभन्दा बढी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीको लागि राजश्व कार्यालय ललितपुर पठाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu