Connect with us
Kapilvast Forest

रक्सीले मातेका प्रअले कार्यक्रम बिथोल्न खोजेपछि…

२०७६, ७ आश्विन मंगलवारमा प्रकाशित

खोटाङ । मादक पदार्थ सेवन गरेर कार्यक्रममा सहभागी बनेका एक प्रधानाध्यापक कार्यक्रमस्थलबाटै पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मुलाबारी आधारभूत विद्यालयका प्रअ खम्बराज राई सोमबार कार्यक्रमस्थलबाटै पक्राउ परेका हुन् ।

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिका र नगरभित्र रहेका आधारभूत तह कक्षा १ देखि ५ सम्मका प्रधानाध्यापकबीच कार्यसम्पादन करार सम्झौता गर्न आयोजित कार्यक्रममा उनी मादक पदार्थ सेवन गरेर आएपछि नगरपालिकाका तर्फबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको नगरपालिकाका शिक्षा शाखा प्रमुख पुष्पा राईले बताउनुभयो । ‘शैक्षिक गुणस्तर सुधारका लागि कार्यसम्पादन करार सम्झौता गर्न नगरपालिकाभित्र सञ्चालित कक्षा १ देखि ५ सम्मका सबै विद्यालयका प्रअलाई झिकाइएको थियो’, उहाँले भन्नुभयो, “घरबाटै मातेर कार्यक्रममा आएका प्रअ राईले कार्यक्रम नै बिथोल्न खोजेपछि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हौँ ।’

दिक्तेलस्थित एक होटलमा आयोजित कार्यक्रमबाटै पक्राउ परेका राईलाई हिरासतमा राखेर कारवाहीको प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो । “जिल्ला अस्पताल खोटाङमा गरिएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा प्रअ राईले मादक पदार्थ सेवन गरेको देखिएको छ’, उहाँले भन्नुभयो, ‘अहिले हिरासतमा रहेका प्रअ राईलाई थप कारवाहीका लागि आज नगरपालिकाको शिक्षा एकाइमा पठाउने तयारी गरिएको छ ।’

यसअघि गाउँमा रहँदा पनि चौबीसै घण्टा मातेर हिँड्ने प्रअ राईलाई सेवाबाटै हटाउने तयारी गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu