गर्भ परीक्षण गर्न आउनेलाई भत्ता
स्वास्थ्य संस्थामा आएर गर्भ परीक्षण गराउने महिलाले विभिन्न पटक गरी ६ हजार रुपैयाँ पाउने गरेका छन् । महिलाले चार पटक गर्भ परीक्षण गरेपछि एक चोटीको १ हजार ५ सय रुपैयाँको दरले भत्ता पाउँछन् ।
नगरपालिकाले कोसेली नाम दिएको छ । नगरप्रमुख भरत शर्मा स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउनको लागि प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको बताउनु हुन्छ । कान्तिपुर दैनिकमा प्रकाशित छ ।