बलात्कार गर्ने चार पक्राउ
काठमाडौं । इटहरीमा एक युवतीलाई सामूहिक बलात्कार गर्ने चार जना पक्राउ परेका छन् ।
युवतिलाई बसभित्रै बलात्कार गर्ने मोरङ सुन्दरहरैंचा -१२ का विकास कसाई, झापा सुरुंगा -४ का सुरज थापा, सिरहा लहान -४ का सुरेन्द्र भुजेल र मोरङबेलबारी -७ का आशीष कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । समाचार अन्नपूर्ण पोष्ट् दैनिकमा प्रकाशित छ ।