Connect with us
Kapilvast Forest

अनुदानको मल व्यापारीकहाँ, बोरामा ३०० नाफा खाएर बिक्री

२०७६, १५ आश्विन बुधबारमा प्रकाशित

 

अनुदानको मल बजारमा बिक्री हुन थालेपछि वीरगन्जका किसान मर्कामा परेका छन्। धान बालीमा मल छर्न नपाएको गुनासो किसानको छ।

मल वितरणको जिम्मेवारी लिएको सहकारी संस्थाले बजारमा बेच्दा बोरामा ३ सय रुपैयाँसम्म नाफा पाउँछन्। किसानलाई बेच्दा ५० रुपैयाँ पनि नाफा नपाउने भएपछि उनीहरूले बजारमा लगेका हुन्।

सहकारी संस्थाले वीरगन्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडबाट युरिया प्रतिबोरा ७ सय र डीएपी २ हजार १ सय रुपैयाँमा लिने गरेका छन्। पर्साको पोखरिया नगरपालिका–९ सेमरवारीबर्वाको ताजा कृषि सहकारी संस्थाले कृषि सामग्री कम्पनीबाट असोज २ गते खरिद गरेको एक सय बोरा युरिया मल जितपुर बजारका व्यापारीलाई बिक्री गरेको पुष्टि भएको छ।

सहकारीले अनुदानको मल व्यापारीलाई बिक्री गरेको पाइएको कृषि सामग्री कम्पनी लिमिटेड वीरगन्जका प्रमुख गोविन्दप्रसाद पराजुलीले बताए।

सहकारीका अध्यक्ष ताज हुसेनले किसानलाई नदिएर बजारमा बिक्री गरेको स्विकारेका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा क्रान्ति शाहले लेखेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu