Connect with us
Kapilvast Forest

चन्द्रौटामा जेष्ठ नागरिक दिवस भव्य रुपमा सम्पन्न, जेष्ठ नागरिक सम्मानित

२०७६, १५ आश्विन बुधबारमा प्रकाशित

चन्द्रौटा(कपिलवस्तु), १५ असोज ।
२९औं राष्ट्रिय नागरिक दिवस कपिलवस्तुको चन्द्रौटामा भव्य रुपमा मनाइएको छ । राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल, शिवराज नगर समितिले चन्द्रौटास्थित दुर्गा मन्दिर परिसरमा भव्यताका साथ मनाएको हो ।  कार्यक्रममा जेष्ठ नागरिक समाज नेपालका केन्द्रिय सदस्य भानुभक्त बरालले जेष्ठ नागरिकहरु सम्मान पूर्वक बाँच्न पाउनुपर्ने धारणा राखे । “बुढेसकालमा जेष्ठ नागरिकलाई हेला होइन मायाको खाँचो पर्छ । वृद्धबृद्धा बाबुआमालाई वृद्धाश्रम होइन, घरमै सम्मानपूर्वक जीवनयापन गर्ने अवसर सृजना गर्नुपर्छ”–उनले भने ।
जेष्ठ नागरिक समाज नेपाल, शिवराज नगर समिति अध्यक्ष त्रिलोचन पाण्डेयले जीवन एउटा चक्र भएकाले सबैले यसलाई मनन् गर्दै हरेक छोराछोरीले आफ्ना बुवाआमालाई विशेष स्याहार–सुसारमा ध्यान दिनुपर्ने बताए । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष एवं जेष्ठ नागरिक विष्णुप्रसाद खतिवडा, भवनराज पौडेल, प्रेम बहादुर रायमाझी, विष्णुप्रसाद अधिकारी लगायतले जेष्ठ नागरिकहरुलाई छोराछोरी सरह माया ममता र आदर सत्कार गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमकै अवसरमा शिवराज क्षेत्रका ९४ वर्षदेखि १०५ वर्षसम्मका ७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा सबैभन्दा जेष्ठ १०५ वर्षीय अब्दुल सत्तार रहेको पारस पाण्डेले जानकारी दिए । यसैगरी कार्यक्रमका बीच ९७वर्षे मार्कन्य सुवेदी, ९६वर्षे लिलाधर न्यौपाने, वर्ष ९५की रुकमाया पाण्डेलाई सम्मान गरिएको थियो ।
यसका साथै वर्ष ९४ का रत्नखर रिमाल, भुपेन्द्र जि.सी. र रोमाखर न्यौपाने समेत सम्मानित भएको पारस पाण्डेयले जनाएका छन् । कार्यक्रममा २सय बढी जेष्ठ नागरिकहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu