कपिलवस्तुका पत्रकार पाण्डेलाई पितृ शोक
१५ असोज,कपिलवस्तु
सामुदायिक रेडियो बुद्ध आवाज तथा टेलिभिजन बुद्ध आवाजका स्टेशन म्यानेजर भेषराज पाण्डे, नेपाल पत्रकार महासंघ कपिलवस्तुको उपाध्यक्ष तथा संचारिक समुहको प्रदेश अध्यक्ष पर्वती पाण्डेलाई पितृ शोक परेको छ ।
पिता रुमाखर पाण्डेको ८१ वर्षको उमेरमा मंगलवार राति ११ बजे आफ्नै निवास जगदिशपुरमा निधन भएको हो ।
स्व. रुमाखर पाण्डेको स्थानिय जरलेया (बाणगंगा नदि) मा आज विहान ८ बजे दाह संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।
साथै पाण्डे परिवारलाई परेको यस दुखद समयमा कपिलवस्तु मिडिया प्रा.लीद्धारा सञ्चालित न्युज सेन्टर नेपाल परिवारले दुख प्रकट गर्दै समबेदना ब्यक्त गरेको छ।