Connect with us
Kapilvast Forest

दशैँ बिदाका अधिकृत विवाहित महिलाकाे काेठामा भेटिएपछि…

२०७६, २४ आश्विन शुक्रबारमा प्रकाशित

कञ्चनपुर । महिलासहित पक्राउ परेका कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोज बहादुर ऐडी विरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता भएको छ। बेलौरीस्थित महिलाकै घरबाट कार्यालय प्रमुख ऐडी र विवाहित ३४ वर्षीया महिला यौन क्रियाकलाप संलग्न भइरहेको अवस्थामा पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय बेलौरीले बुधबार राति दुवैजनालाई पक्राउ गरेको जनाएको छ । इप्रका बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर चन्दले महिलाका घर परिवारले दिएको उजुरीका आधारमा कार्यालय प्रमुख ऐडी र महिलालाई आपत्तिजनक अवस्थामा पक्राउ गरिएको बताए। ‘हामीले उनीहरुलाई पक्राउ गरेका होईनौँ, ‘प्रहरी निरीक्षक चन्दले भने, ‘उजुरीका आधारमा घटना बारे सोधपुछ गर्नका लागि मात्रै ल्याएका हौँ।’ उनीहरुलाई एक रात हिरासतमा राखेर दुवैका परिवारलाई प्रहरीले इप्रका बेलौरीमा बोलाएको छ।

कहिले बेलौरी नगरपालिका प्रमुख कहिले मालपोत कार्यालय बेलौरीका प्रमुखको जिम्मेबारी पाएर काम गर्दै आएका ऐडी दसैँ विदामासमेत घर गएका थिएनन् । डडेल्धुरा घए भएका उनी दसैँमा घर जान छाडेर ती विवाहित महिलाको घरमा भेटिएपछि घर परिवारले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए।

उनीहरुमाथि कुन प्रकृतिको मुद्दा चलाउने वा दुवैलाई परिवारले जिम्मा दिने विषयमा बेलौरी प्रहरी अन्यौल परेको छ। नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu