Connect with us
Kapilvast Forest

एकै मारमा राँगो छिनाउन नसक्दा…

२०७६, २४ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं । एकै मारमा राँगो छिनाउन नसक्दा म्याग्दीको रघुगंगा गाउँपालिका–२ नाङनागेका रामप्रसाद खत्रीले २ लाख ८८ हजार रुपैयाँ गुमाउनु परेको छ।

दशैँको नवमीको दिन राखु भगवती कोत मन्दिरमा बली चढाइने सरकारी राँगो एकै मारमा छिनाउने दाबी गर्दै खत्रीले २ लाख ८८ हजार बाजी थापेका थिए। तर, लक्ष्य चुकेपछि खत्रीले रकम गुमाउनु परेको छ। नवमीमा बली दिइने राँगो मार हान्न कालरात्रिमै सर्वसाधारणले रकम कबोल्ने गर्छन्।

खत्रीबाहेक अन्य ८ प्रतिस्पर्धीले २ लाख ८५ हजार रुपैयाँसम्म कबोलेका थिए। उनले राँगो छिनाएको भए फेटा र पैसाको माला लगाई आफन्तले गाउँ परिक्रम गराउँथे। उनले कबोलकै बराबरको रकम पनि उठ्न सक्थ्यो।  कबोलेको रकम मन्दिर व्यवस्थापन समितिलाई बुझाएपछि मात्रै मार हान्न पाइन्छ। आजको कान्तिपुर दैनिकमा घनश्याम खड्काको बाइलाइनमा समाचार छापिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu