ट्रकले मोटरसाइकललाई ठक्कर दियो, २ जनाको मृत्यु
नवलपरासी । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको ना ४३ प २९७९ नम्बरको मोटरसाइकललाई बर्दघाट नगरपालिका–४ दाउन्ने मोडमा बिहीबार ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । दुर्घटनामा ट्रक चालक र सहचाक घाइते भएका छन् । मृतक र घाइतेको पहिचान खुल्न सकेको छैन । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
खाल्डोमा जमेको पानी विद्युतीय मोटरबाट निकाल्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु भएको छ । करेन्ट लागेर प्रतापपुर गाउँपालिका–५ बसहियाका २२ वर्षीय अभिमन्युसिंह कुर्मीको मृत्यु भएको हो । उनको उपचारका क्रममा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।