Connect with us
Kapilvast Forest

चिनियाँ रेल केरुङ हुँदै काठमाडौं आइपुग्ने निश्चित

२०७६, २५ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङले चिनियाँ रेल केरुङ हुँदै काठमाडौं आइपुग्ने निश्चित भएको बताएका छन्।

नेपाल–चीन हिमालयमैत्री समाजद्वारा शुक्रबार आयोजित ‘राष्ट्रपति चिनफिङको नेपाल भ्रमणको महत्व’ विषयक अन्तरक्रियामा नेम्वाङले उत्तर र दक्षिणको रेल काठमाडौंमा जुध्लाजस्तो अवस्था देखिएको बताएका हुन्।

‘अब चीनबाट केरुङ हुँदै रेल आउने निश्चित भइसक्यो, ’ नेम्वाङले भने, ‘अब उत्तर–दक्षिण खदुवैतिरको रेल काठमाडौंमा जुध्लाजस्तो छ।’ यो खबर आजको नयाँ पत्रिकाले छापेको छ।

नेम्वाङले चीन र भारत दुवैतिर जोड्ने पुलका रूपमा मुलुकलाई रुपान्तरित गर्न कम्युनिस्ट नेतृत्वको सरकारले मिहिनेत गरिरहेकाले उत्तर-दक्षिण रेलबाट मुलुकलाई जोड्ने नेपाली सपना छिट्टै पूरा हुन लागेको दाबी गरे।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu