नेपाल र चीनबीच भएका २० बुँदे समझदारी [सूचीसहित]
काठमाडौं- नेपाल र चीनबीच दुईदेशीय रेलमार्गको संभाव्यता अध्ययन गर्ने समझदारी भएको छ।
नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार दुई पक्षबीच यस्तो समझदारी भएको हो।
यसैगरी सगरमाथा संरक्षणका लागि सहयोग आदानप्रदानलगायतका २० बुँदे समझदारी भएको छ।
यसमा १८ वटा समझदारी र २ वटा लेटर अफ एक्सचेन्ज गरी कूल २० बुँदे समझदारी भएको हो।
यस्ता छन् समझदारीका अन्य विषयः
- नेपाल–चीन अन्तरदेशीय रेलसेवाको सम्भाव्यता अध्ययन
- छेन्दुमा महावाणिज्य दूतावास स्थापना गर्ने
- काठमाडौं– चीनको नाञ्जिङ सहरबीच भगिनी सम्बन्ध स्थापना
- बुटबल र चीनको सियान सहरबीच भगिनी सम्बन्ध स्थापना, स्वास्थ्य सेवा सुधार सम्बन्धी समझदारी
- प्रकोप जोखिम न्यूनीकरण गर्ने सम्बन्धी सम्झौता
- कानूनी परामर्शबारे समझदारीपत्र,
- त्रिभुवन विश्वविद्यालयमा भौतिक पूर्वाधार निर्माण सम्बन्धी समझदारीपत्र
- नेपाली फलफूल चीन निर्यात गर्ने सम्बन्धी समझदारीपत्र
- वाणिज्य क्षेत्रमा संयुक्त संयन्त्र गठन गर्ने सम्बन्धी समझदारीपत्र
- औद्योगिक क्षेत्रलाई सहयोग गर्ने परियोजना सम्बन्धी समझदारीपत्र
- सीमा व्यवस्थापन प्रणाली
- सरकारी क्षमता विस्तारका लागि सहयोग आदान प्रदान
- आपराधिक गतिविधि नियन्त्रणका लागि दुईपक्षीय कानुनी सहयोग आदानप्रदान
- सगरमाथा संरक्षणका लागि सहयोग आदानप्रदान
- नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच मुख्य परियोजनामा उत्पादकत्व क्षमता विस्तार गर्ने