Connect with us
Kapilvast Forest

सांसद साह विमानस्थलबाटै पक्राउ

२०७६, २८ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साह पक्राउ परेका छन् । मंगलबार दिउँसो सांसद साह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको हुन् । आफू पक्राउ परेको जानकारी फेसबुकमार्फत गराएका छन् ।

साेमबार साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा मंगलबार उजुरी दर्ता भएको थियो । उजुरी दर्तापछि धनुषा प्रहरीले सांसद साहलाई पक्राउ गर्न महानगरीय प्रहरी परीसर काठमाडौंलाई पत्र काट्को थियो ।

पत्र काटेकाे केही समयमा नै सांसद साहलाई प्रहरीले पक्राउ गरेकाे छ ।

सांसद साह पक्राउ परेको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले पुष्टि गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu